मोटरबाट सिँचाइ गर्ने क्रममा करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु

प्रहरीका अनुसार उनी घरदेखि १० मिटर पूर्व उत्तरमा रहेको मोटरबाट खेतमा सिँचाइ गर्दै थिइन् ।

श्रावण २१, २०८२

नवराज सुवेदी

A woman died in Jhapa due to electrocution while irrigating with a motor

झापा — मोटरबाट खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा झापामा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौरादह नगरपालिका जोरघरे निवासी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार उनी घरदेखि १० मिटर पूर्व उत्तरमा रहेको मोटरबाट खेतमा सिँचाइ गर्दै थिइन् । त्यसैबेला करेन्ट लाग्दा उनको मृत्यु भएको हो । 

मृत्यु भइ लडिरहेको अवस्थामा उनका छोरा सुशिल नेम्वाङले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी खटिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

नवराज

Link copied successfully