खोटाङ — मोटरसाइकल दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन्। केपिलासगढी गाउँपालिका–२ खार्तम्छाको चोखानेमा बा ४१ प ८८१७ नम्बरको मोटरसाइकल आइतबार बेलुकी साढे ७ बजेतिर दुर्घटना हुँदा स्थानीय ११ वर्षीया यर्मिया राईको मृत्यु भएको हो ।
यर्मियाको दिक्तेलस्थित फेमिली केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ११ वर्षीया समिक्षा राई र १० वर्षीया झरना राईलाई फेमिली केयर अस्प्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सामान्य घाइते भएका चालक जसबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिए।
