हलेसी दर्शन गरेर सिरहा फर्किंदै गरेको गाडी दुर्घटना, एकजनाको मृत्यु

घाइतेको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताए ।

श्रावण १९, २०८२

डम्बरसिं राई

Car accident while returning to Sirah from Halesi darshan, one person died

काठमाडौँ — खोटाङको हलेसी दर्शन गरेर सिरहा फर्कंदै गरेको गाडी सोमबार बिहान दुर्घटना भएको छ । प्र २–०–१–००१ ज ००५३ विङ्गर गाडी हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौठे खोलामा बिहान साढे ८ बजे दुर्घटना भएको हो ।

सिरहा नरहा नगरपालिका-५ फर्कंदै गरेको गाडी दुर्घटनामा परी एक जनाको मृत्युको भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले बताएका छन् । मृतकको पहिचान हुन सकेको  छैन । घाइतेको अवस्था चिन्ताजनक भएको गिरीले बताए ।

तीनजना घाइतेलाई हलेसी तुवाचुङ नगरपालिकाको एम्बुलेन्समार्फत घुर्मीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ । गाडी करिब दुई सय मिटर तल झरेको र दुर्घटनामा यात्रु छरिएकाले खोजी तथा उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताए ।

गाडीमा १७ जना सवार रहेको अनुमान गरिएको र घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully