हलेसीमा गाडी दुर्घटना : मृतकको पहिचान खुल्यो

विङ्गर गाडी हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौठे खोलामा सोमबार बिहान साढे ८ बजे दुर्घटना भएको हो ।

श्रावण १९, २०८२

डम्बरसिं राई

Car accident in Hallesi: The identity of the deceased has been revealed

What you should know

खोटाङ — हलेसीबाट सिरहा गोलबजारतर्फ जाँदै गरेको विङ्गर गाडी दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुलेको छ । मृत्यु हुनेमा सिरहा नरहा गाउँपालिका–५ की अन्दाजी २५–३० वर्षीया ममतादेवी यादव रहेको खुलेको छ ।

प्रदेश २– ०–१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाास्थित डौठे खोलामा सोमबार बिहान करिब ८ बजेतिर दुर्घटना हुँदा घाइते भएकी यादवलाई उदयपुरको कटारीस्थित अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताए । उनका अनुसार उक्त दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । गाडी चालक सिरहा नगरपालिका–३ सारसोर बस्ने २८ वर्षीय रामनाथ साह फरार छन् । 

मिश्रका अनुसार घाइतेहरूमा नराह गाउँपालिका–५ का ३५ वर्षीय राजु यादव, उक्त ठाउँकै रामशरण ठाकुरकी श्रीमती (नाम नखुलेको), ३२ वर्षीया सविताकुमारी यादव, ४० वर्षीया मिथिलाकुमारी यादव, झालुदेवी यादव, ३० वर्षीया पुनम यादव, ३२ वर्षीया लक्ष्मी शर्मा, ३२ वर्षीय नदिन शर्मा, नराह गाउँपालिका–२ का ५७ वर्षीय धनेश्वर यादव र धनुषा सबेला नगरपालिका–४ का ७९ वर्षीय दुर्योधन यादव छन् । उनीहरूको घुर्मीस्थित जनसेवा हेल्थकेयर मेडिकलमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै, नरहा गाउँपालिका–५ बलुवाका ३९ वर्षीय रञ्जित यादव, सिरहा गोलबजार नगरपालिका–६ का ३७ वर्षीया शिला शर्मा, सिरहा औरही गाउँपालिका–२ की मिनाकुमारी शर्मा, नरहा गाउँपालिका–५ कै दीपेन्द्र यादव, उक्त वडाकै नदिन शर्माका छोरा वर्ष १० वर्षीय शिवम शर्मा र ७० वर्षीया कुस्मवती यादवको घुर्मीस्थित जनसेवा हेल्थकेयर मेडिकलमा उपचारपछि डिस्चार्ज भएका छन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully