खोटाङमा ९६.११ प्रतिशत धान रोपाइँ 

खोटाङका १० पालिकामध्ये अधिकांशमा ९० प्रतिशतभन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ, अन्य ठाउँमा पनि उच्च प्रतिशतमा रोपाइँ भएको छ।

श्रावण १८, २०८२

डम्बरसिं राई

96.11 percent of paddy planting in Khotang

खोटाङ — खोटाङमा ९६.११ प्रतिशत धान रोपाइँ सकिएको छ । दस हजार १८ हेक्टर धान खेतीयोग्य जमिनमध्ये ९ हजार ६ सय २८.२७ हेक्टरमा धान रोपिएको हो ।

कृषि ज्ञान केन्द्र खोटाङका सहायक बागवानी विकास अधिकृत रवीन राईका अनुसार शनिबारसम्ममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ९८ प्रतिशत, हलेसी तुवाचुङ नगरपालिकामा ७५ प्रतिशत, जन्तेढुङ्गा गाउँपालिकामा ९८ प्रतिशत, बराहपोखरी गाउँपालिकामा १०० प्रतिशत, खोटेहाङ गाउँपालिकामा ९५ प्रतिशत धान रोपाइँ भएको छ ।

96.11 percent of paddy planting in Khotangत्यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ९५ प्रतिशत, साकेला गाउँपालिकामा ९५ प्रतिशत, रावाबेसी गाउँपालिकामा ९० प्रतिशत, केपिलासगढी गाउँपालिकामा १०० प्रतिशत र ऐसेलुखर्क गाउँपालिकामा ९६ प्रतिशत रोपाइँ भएको छ । मनसुनका कारण गत वर्षको तुलनामा यो वर्ष छिटो धान रोपिएको राईले बताए । ‘गत वर्ष यो बेलासम्म ९४.६७ प्रतिशत मात्र धान रोपाइा भएको थियो,’ उनले भने,‘यो वर्ष दुई प्रतिशत भए पनि अलि बढी रोपाइँ भएको छ ।’

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ३५ सय हेक्टरमा, हलेसी तुवाचुङ नगरपालिकामा एक सय २० हेक्टरमा धानखेती गरिन्छ ।

त्यस्तै जन्तेढुङ्गा गाउँपालिकामा दुई सय ४०.९६ हेक्टर, बराहापोखरी गाउँपालिकामा ६ सय ५७ हेक्टर, खोटेहाङ गाउँपालिकामा १२ सय हेक्टर, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १२ सय हेक्टर, साकेला गाउँपालिकामा ८ सय हेक्टर, रावाबेसी गाउँपालिकामा आठ सय ५० हेक्टर, केपिलासगढी गाउँपालिकामा सात सय ५० हेक्टर र ऐसेलुखर्क गाउँपालिकामा एक हजार हेक्टरमा धान खेती गरिन्छ ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully