राति स्वास्थ्य बिग्रिएपछि वीर अस्पताल भर्ना गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले बताएका छन् ।
खोटाङ — बाँसलगायत विभिन्न सात सूत्रीय माग राख्दै आमरण अनसनमा बसेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई अस्पताल भर्ना भएका छन् ।
तीन दिनसम्म सत्याग्रह बस्दा माग पूरा नभएपछि बुधबारदेखि आमरण अनसनमा बसेका भट्टराईलाई बुधबार राति नै अस्पताल भर्ना गरिएको हो ।
राति स्वास्थ्य बिग्रिएपछि वीर अस्पताल भर्ना गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रवक्ता दिनेश घिमिरेले बताएका छन् । उनको आकस्मिक कक्षमा उपचार भइरहेको घिमिरेले जानकारी दिए ।
बाँसलाई बिल्डिङ कोडमा समावेश गरी सरकारी मूल्यांकन गर्न नीति बनाई स्थानीय सामग्री प्रयोग गर्ने गर्नुपर्ने, बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवाहरूलाई स्वरोजगार बनाई आयआर्जनको गर्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने, बाँसले भू–क्षय नियन्त्रण, वातावरण संरक्षण, जलवायू प्रदुषणको नियन्त्रण, पर्यावरणीय संरक्षण तथा अत्याधिक कार्बन सञ्चिती गर्ने भएकाले यसको संरक्षण र प्रवर्द्धन गर्नु पर्ने लगायत माग राख्दै भट्टराई सत्याग्रह हुँदै आमरण अनसनसम्म पुगेका हुन् ।
गत असार ९ गतेको १३औं नगरसभाको निर्णयले सत्याग्रह बस्ने निर्णयपछि भट्टराई साउन ४ गते बाँसको मान्द्रो, गुन्द्री, राडी, पराल, बाँस लगायत बोकेर काठमाडौंतर्फ गएका थिए ।
