हटिया गएकी महिलाको भिरबाट लडेर मृत्यु

बुधबारे हटिया गएर नफर्किएपछि खोजतलास गर्दा राति करिब एक बजेतिर उक्त भिरबाट करिब सय मिटर तल लडेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन्

श्रावण १५, २०८२

डम्बरसिं राई

A woman who went to Hatia died after falling from a cliff

खोटाङ — केपिलासगढी गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । उक्त गाउँपालिका–३ बास्पानीकी ६२ वर्षीया कौशिला राईको स्थानीय बप्लेभिरबाट लडेर मृत्यु भएको हो ।

बुधबार बाक्सिलास्थित बुधबारे हटिया गएर नफर्किएपछि खोजतलासको क्रममा राति करिब एक बजेतिर उक्त भिरबाट करिब सय मिटर तल लडेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् ।

‘हिजो बाक्सिला बजार गएर नफर्किएपछि खोजतलास गर्ने क्रममा भिरभन्दा सय मिटर तल लडेर मृत अवस्थामा फेला परेको हो,’ मिश्रले भने, ‘कानुनी प्रक्रियाका लागि ऐसेलुखर्कबाट घटनास्थलतर्फ प्रहरी खटिएको छ, पुगिसकेको छैन, पुगेपछि विस्तृत जानकारी आउँछ ।’

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully