सगरमाथाको रोयल्टी तल्लो सोलुका पालिकलाई अनिवार्य दिनुपर्ने थुलुङ दुधकोशीको माग

योगदानको प्रभावसमेतलाई मूल्यांकनको आधार बनाएर रोयल्टी बाँडफाँट हुनुपर्नेमा जोड

श्रावण १२, २०८२

भानुभक्त निरौला

Thulung Dudhkoshi's demand that the royalty of Mount Everest should be given to the Palik of Lower Solu

What you should know

सोलुखुम्बु — हिमाली जिल्ला सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले सगरमाथाबाट संकलन हुने पर्वतारोहण रोयल्टीमा अन्य पालिकाको समेत पहुँच हुनुपर्ने माग राख्दै वित्त आयोगलाई सुझाव पेश गरेको छ । 

गाउँपालिकाले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगलाई सिमाना जोडिएको आधारमा मात्रै बाँडफाँट गरिनु वैज्ञानिक नभएकाले प्रभावित क्षेत्रको आधारमा समेत श्रोत बाँडफाँट हुनुपर्ने सुझावसहितको माग राखेको हो ।  

विशेषगरी सगरमाथाको हिमनदीको रुपमा रहेको दुधकोशी नदीको प्रभाव र क्षतिलाई संकेत गर्दै पालिकाले सगरमाथाको पर्वतारोहण रोयल्टीमा जिल्लाका अन्य तीन पालिका हरुमा पनि सो रोयल्टीको पहुँचको सुनिश्चितताको माग गरेको हो । 

आइतबार गाउँपालिका अध्यक्ष असिम राईले आयोगलाई सुझाव सहितको माग राख्दै परोक्ष र योगदानको प्रभावलाई समेत मूल्यांकनको आधार बनाएर रोयल्टी बाँडफाँट हुनुपर्नेमा जोड दिँदै जिल्लाका थुलुङ दूधकोशी, नेचासल्यान र लिखुपिके गाउँपालिकालाई पनि बाँडफाँट गरिनुपर्ने माग गरेका हुन्  । 

सगरमाथाको आधारभूत पूर्वाधार, आवागमन, पर्यटक व्यवस्थापन आदीको प्रभाव परोक्ष रूपमा यी तीन पालिकामासमेत पर्ने भएका कारण सिमाना नजोडिएकै कारण रोयल्टी बाँडफाँटको सिफारिसमा समावेश नगरिनु अन्यायपूर्ण भएको पालिकाको जिकिर छ । 

पालिकाले ‘सिमाना जोडिएको’ भन्ने आधार भौगोलिक दृष्टिले साँघुरो व्याख्या भएको र यसले राष्ट्रिय सम्पत्तिको साझा स्वामित्व र सहभागिताको भावना कम गर्ने भन्दै संकुचित व्याख्या भन्दा बढी ‘प्रभावित क्षेत्र’को अवधारणा समावेश गर्न आयोगले नीति पुनरावलोकन गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गरेको छ ।

दुधकोशीले जिल्लाका तीन पालिकाका तटीय क्षेत्रमा निर्माण गरिने भौतिक संरचाना, पुल लगायत खेतियोग्या जमिन पटक–पटक क्षति गर्ने हुँदा त्यसको भर्पाईका लागी जल स्रोतको संरक्षण, व्यवस्थापन, नदी नियन्त्रण लगायत पूर्वाधार खर्चका लागि ३ पालिकालाई श्रोतमा पहुँच हुनुपर्ने माग पालिका अध्यक्ष राईले राखेका हुन् ।

दुधकोशीबाट हुने क्षतिको पुनर्संचना अथवा भर्पाईकाका लागि पर्वतारोहण रोयल्टी बाँडफाँट गर्दा स्थानीय तहलाई पर्ने २५ प्रतिशतलाई शतप्रतिशत मानेर साक्षात श्रोत रहेको स्थानीय तहलाई ६४ प्रतिशत र श्रोतसँगको सिमाना भएका स्थानीय तहलाई ३६ प्रतिशत रोयल्टी बाँडफाँट गर्नुपर्ने सुझाव पेश गरेका हुन् ।

भानुभक्त

Link copied successfully