पुष्पलाल श्रेष्ठको स्मृतिमा नेकपा एस झापाले थाल्यो घर निर्माण अभियान

श्रावण ८, २०८२

कान्तिपुर संवाददाता

In memory of Pushpalal Shrestha, CPN S Jhapa started a house building campaign

झापा — एकीकृत समाजवादी झापा जिल्ला कमिटीले नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृतिमा जिल्लाका १५ वटै पालिकामा एक–एकवटा घर निर्माण गर्ने अभियान सुरु गरेको छ ।

अभियानअन्तर्गत बिहीवार झापाको भद्रपुर नगरपालिका–२, महारानी चोकपूर्वमा बसोबास गर्दै आएका अतिविपन्न इन्द्रमाया खातीको परिवारका लागि घर निर्माणको शिलान्यास गरिएको छ ।

कार्यक्रममा एकीकृत समाजवादीका झापा इन्जार्ज पुष्प पोखरेल, सहइन्जार्ज चन्द्रा श्रेष्ठ, जिल्ला अध्यक्ष बीपी भट्टराई लगायतको उपस्थितिमा घर शिलान्यास भएको हो । 

अभियानका संयोजक बासु दुलालले पार्टीले १५ वटै पालिकामा पालैपालो घर बनाइदिने जनाए ।

झापा जिल्लाका सबै स्थानीय तहमा अतिविपन्न तथा आवासविहीन परिवारको पहिचान गरी ‘जनतालाई ओत’ सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको अभियान पार्टीले समाजवादी दर्शनअनुसार व्यवहारमा ल्याएको ठोस कदमको रूपमा हेरिएको इन्चार्ज पोखरेलले बताए ।

कान्तिपुर

Link copied successfully