गठेमंगल सँगै सुरु भयो ताप्लेजुङमा लाखे जात्रा

श्रावण ७, २०८२

आनन्द गौतम

Lakhe Jatra started in Taplejung along with Gathemangal

ताप्लेजुङ — गठेमंगल पर्वसँगै हिमाली जिल्ला ताप्लेजुङमा लाखे जात्रा पर्व सुरु भएको छ । नेवार समुदायको प्रतिनिधिमूलक संस्था नेपाल भाषा तथा सांस्कृतिक समाजले सदरमुकाम फुङलिङको भिन्तुनाडाँडा मन्दिरबाट विधिपूर्वक लाखे नाच सुरु गरेको हो ।

नगरपालिका उपप्रमुख भिमादेवी ओझाले गठेमंगल नाम गरेको राक्षसलाई आगो लगाएपछि लाखे निकालिएको थियो । पराल र गहुँको छ्‌वाली मिसाएर बनाइएको तीनखुट्टे राक्षसको स्वरूपलाई आगो लगाई जलाएपछि लाखे नाच सुरु भएको हो । यो पर्व अब श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्ण र कंसको लिला प्रस्तुत गरेर सकिन्छ । रातको १२ वजे कृष्णले कंशको वध गरेर एक वर्षका लागि लाखेजात्रा पर्व अन्त्य हुने गरेको छ ।

लाखे जात्रा प्रारम्भसँगै जात्रालाई कसरी व्यवस्थित, सुरक्षित र द्वन्द्वरहित बनाउने भन्ने विषयमा छलफल हुने गरेको छ । यसलाई उद्‍घाटन कार्यक्रम राखेर गरिन्छ । सदरमुकाममा अब हरेक दिन लाखेनाच प्रस्तुत हुन्छ । यसले बजारलाई चलायमान गराउने छ । बजारमा लाखे जात्राभरि छाता राखेर व्यापार व्यवसाय गरिन्छ ।

 Lakhe Jatra started in Taplejung along with Gathemangal

Lakhe Jatra started in Taplejung along with Gathemangal

Lakhe Jatra started in Taplejung along with Gathemangal

Lakhe Jatra started in Taplejung along with Gathemangal

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully