८ वर्षमा बनेको तल्लो सोलु जलविद्युत् आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडियो

श्रावण ५, २०८२

भानुभक्त निरौला

The Lower Solu Hydroelectric Project, built in 8 years, was connected to the national transmission line

What you should know

सोलुखुम्बु — हिमाली जिल्ला सोलुखुम्बुमा सञ्चालित तल्लो सोलु जलविद्युत् परियोजनाद्वारा प्रवर्द्धित ८२ मेगाबाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

सन् २०१७ बाट निर्माण सुरु गरिएको जलविद्युत् आयोजना साउन ४ गते आइतबारबाट उत्पादन सुरु गरी परीक्षणको लागि राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्ला र वडा नम्बर ७ गार्माको सिमानामा पर्ने साल्मेमा बाँधस्थल राखी त्यसको ६ दशमलव २ किमि टाढा रहेको तिङ्ला भदौरेमा रहेको पावर हाउसमा सुरुङ मार्गमार्फत पानी खसालेर विद्युत् उत्पादन गरिएको छ ।

The Lower Solu Hydroelectric Project, built in 8 years, was connected to the national transmission line

सोलुखोलाको पानीबाट रन अफ द रिभर पद्धतीबाट विद्युत् उत्पादनका लागि आयोजनाले ४ दशमलव २ किमि सुरुङ मार्ग र २ किलोमिटर भूमिगत पाइपलाइन विस्तार गरेर भदौरेमा पानी खसालेको छ ।

नेदरल्याण्ड्सको एफएमओ बैंकको करिब १७ अर्ब ऋण लगानीमा निर्माण सम्पन्न भएको परियोजनाबाट वर्षायाममा ८२ मेगावाट र हिउँदयाममा न्यूनतम २० देखि २२ मेगावाट विद्युत् उत्पादन हुने परियोजनाका सहायक प्रबन्धक कृष्ण चौधरीले बताए ।

आयोजनाले निर्माण सुरु भएको ५ वर्षमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष लिएको भए पनि विभिन्न कठिनाइको सामना गर्दै  ८ वर्षपछि विद्युत् उत्पादन सुरु गर्न सफल भएको हो ।

The Lower Solu Hydroelectric Project, built in 8 years, was connected to the national transmission line

यहाँको भौगोलिक कठिनाइ, स्थानीय समस्या, वित्तीय श्रोत सुनिश्चितताको समस्याले गर्दा विभिन्न कठिनाइहरू पार गर्दै परियोजनाले आफ्नो लक्ष प्राप्त गर्न सफल भएको सहायक प्रबन्धक चौधरीले बताए ।

यसले कोशी प्रदेशको विद्युत् माग धान्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । उक्त विद्युत् लाम्मानेस्थित सोलु करिडोरको १३२ केभि प्रसारण लाइनमा जोडिएको हो ।

भानुभक्त निरौला

Link copied successfully