तेह्रथुममा जिप दुर्घटना : ९ जना घाइते 

श्रावण ५, २०८२

लक्ष्मी गौतम

Jeep accident in Terhathum: 9 injured

What you should know

पाँचथर — सुनसरीको इटहरीदेखि पाँचथरको फिदिमतर्फ आँउदै गरेको जिप तेह्रथुमको आठराई गाउँपालिका-६ चुहानडाँडानजिक ज्यामिरे भन्ने स्थानमा दुर्घटना भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

उनीहरूमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मे १ ज २५५२ नम्बरको जिप दुर्घटनामा घाइते भएका सबैलाई पाँचथर जिल्ला अस्पताल फिदिममा उपचारका लागि ल्याइएको छ ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकाले झापातर्फ रेफर गरिएको जिल्ला अस्पताल पाँचथरले जनाएको छ । 

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully