कोशीमा नुहाउन गएका बालक बेपत्ता

श्रावण ५, २०८२

अर्जुन सुवेदी

A child who went to bathe in Koshi goes missing

What you should know

सुनसरी — सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित कोशी नदीको राजाबास घाटमा नुहाउन गएका एक बालक डुबेर बेपत्ता भएका छन् ।

भोकराह नरसिंह गाउँपालिका–१ का १३ वर्षीय दिपेश मेहता (कालु) सोमबार बिहान कोशीमा पसेसँगै बेपत्ता भएका हुन् । बालकका बुबा रामविलास मेहताले साथीहरूसँग नुहाउन गएका बेला छोरा बेपत्ता भएको बताए । घटना भएलगत्तै स्थानीय र सुरक्षाकर्मीहरूले खोजी कार्य सुरु गरे पनि बाल हालसम्म फेला परेका छैनन् ।

अर्जुन

Link copied successfully