चट्याङ लागेर खोटाङमा महिलाको मृत्यु 

श्रावण ४, २०८२

डम्बरसिं राई

Woman dies in Khotang due to lightning

What you should know

खोटाङ — चट्याङ लागेर हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–५ छापडाँडा बस्ने ५४ वर्षकी बदमसरी परियारको मृत्यु भएको छ । शनिबार राति साढे १० उक्त घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार मिटरबक्स बन्द गर्ने क्रममा उनलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको हो ।

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully