करदाता सेवा कार्यालयलाई नि:शुल्क सात रोपनी जग्गा

श्रावण ४, २०८२

दीपेन्द्र शाक्य

Seven ropani land free of charge to Taxpayer Service Office

What you should know

संखुवासभा — खाँदबारी नगरपालिका-९ का स्थानीयले करदाता सेवा कार्यालय खाँदबारीलाई ७ रोपनी जग्गा निशुल्क दिएका छन्। 

खाँदबारीका देवेन्द्र घिमिरेले ५ रोपनी, कालीप्रसाद राईले १ रोपनी र अनिता अधिकारीले १ रोपनी जग्गा कार्यालयलाई उपलब्ध गराएका हुन।

करदाता सेवा कार्यालयको नाममा शुक्रवार मालपोत कार्यालयमा जग्गा रजिष्ट्रेशन पास गरिएको छ।

सदरमुकाम खाँदबारीमा भाडामा बस्दै आएको कर कार्यालयले जग्गा उपलब्ध भए पछि नयाँ भवन निर्माण चाडै गर्ने जनाएको छ। करदाता सेवा कार्यालयमा प्यान र भ्याटमा २५ हजार व्यवसायी दर्ता छन्।

दीपेन्द्र

Link copied successfully