दिक्तेल–गाईघाट सडक अवरुद्ध 

श्रावण ४, २०८२

डम्बरसिं राई

Diktel-Gaighat road blocked

What you should know

खोटाङ — अविरल वर्षाले दिक्तेल–गाईघाट सडक शनिबार रातिदेखि अवरुद्ध भएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ रेग्मीटारदेखि तुवाखोलासम्म अन्दाजी ४ किलोमिटर क्षेत्रमा पहिरो खसेको तथा सडक पानीले खोलेपछि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उक्त सडकखण्डमा तत्काल सवारीसाधन आवतजावत नहुने जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully