स्कुटरको ठक्करबाट झापामा वृद्धको मृत्यु

असार ३२, २०८२

रासस

Old man dies in Jhapa due to scooter collision

झापा — दमक-१० स्थित जहदा टोलमा स्कुटरको ठक्करबाट ७७ वर्षीय वृद्धको मृत्यु भएको छ ।

मंगलबार राति मे ७ प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका देववहादुर श्रेष्ठको बुधबार मृत्यु भएको हो ।

विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा आज श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

रासस

Link copied successfully