सुत्केरीको बाटोमै ज्यान गयो

असार २९, २०८२

रासस

She died on the way to childbirth

उदयपुर — त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन ल्याउँदा आइतबार बाटोमै ज्यान गएको छ । प्रसूति गराउन जिल्ला असपताल आउने क्रममा २८ वर्षीया तारा गिरीको मृत्यु भएको हो । 

सुत्केरी व्यथा लागेपनि गिरीलाई ढिलो गरी छिमेकीले जिल्ला असपतालमा प्रसूति गराउन ल्याएका थिए । उनको अस्पताल ल्याउनुअघि नै बाटोमै मृत्यु भएको जिल्ला अस्पतालका सूचना अधिकारी सुरेश पाण्डेले जानकारी दिए । 

गिरीका आफन्त घरमा कोही नभएको, आठ वर्षीय छोरा मात्र रहेको र श्रीमान् विदेशमा रहेका कारण गाउँलेले ढिला गरी अस्पताल ल्याएका अस्पतालले जनाएको छ । 

रासस

Link copied successfully