ठूलो दुर्घटनाबाट जोगिए जिपमा सवार यात्रु

असार २९, २०८२

लक्ष्मी गौतम

A passenger in a jeep escaped from a major accident

पाँचथर — पाँचथरमा गाडीमा सवार यात्रु ठूलो दुर्घटनाबाट जोगिएका छन् । माथिबाट अचानक खसेको पहिरोले गाडीसहित यात्रुलाई धकेलेर सडक छेउसम्म पुर्‍याएको थियो ।

राँके–रवि–भेडेटार सडक खण्डअन्तर्गत इलाम र पाँचथरको सिमाना फाल्गुनन्द गाउँपालिका–५, मगरभित्तामा भएको हो । फाकफोकथुमको गाउँपालिका केन्द्र आमचोकदेखि इलाम सदरमुकाम इलाम बजारका लागि हिडेको मे १ ज ६५२ नम्बरको जिप यात्रु फसेपछि स्थानीय र सुरक्षाकर्मीले उद्धार गरेका थिए । केही यात्रु अत्तालिएर झ्यालबाट हाम फालेको त्यहाँ रहेका सञ्चारकर्मी युद्वबहादुर बोहोराले जानकारी दिए ।

A passenger in a jeep escaped from a major accident

यो क्षेत्रमा शनिबार साँझ तीन घण्टासम्म निरन्तर पानी परेको थियो । निरन्तरको वर्षाले सडक क्षेत्र जोखिमपूर्ण बन्दै गएकाले यात्रु  र चालकलाई सचेत भएर यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पाँचथरले आग्रह गरेको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully