मैवाखोलाको नारायणी माविले पायो स्नातक तहको सम्बन्धन

असार २७, २०८२

आनन्द गौतम

Narayani Mavi of Maiwakhola got the graduation degree

ताप्लेजुङ — मैवाखोला गाउँपालिकाको नारायणी माध्यमिक विद्यालय साँघुले स्नातक तह अध्यापन गराउन सम्बन्धन प्राप्त गरेको छ । पूर्वाञ्चल विश्व विद्यालयले सम्बन्धन प्रदान गरेको हो । योसँगै ताप्लेजुङमा स्नातक तहको अध्ययन हुने तीन वटा कलेज भएका छन् । 

यसअघि पाथीभरा बहुमुखी क्याम्पस र सिनाम क्याम्पसमा स्नातक तहको पढाइ हुँदै आएको थियो । नारायणी माविको सम्बन्धन सहमतिपत्रमा विश्व विद्यालयको तर्फबाट योजना महाशाखा प्रमुख कमलप्रसाद दुलाल र विद्यालयको तर्फवाट शिक्षक रुपनारायण घिमिरेले हस्ताक्षर गरेका हुन् । 

यहाँ चार वर्षे बीएडको पढाइ हुने छ । अंग्रेजी, सामाजिक र नेपाली मुख्य विषय रहेको यहाँ एक शैक्षिक सत्रमा ६० जनाले पढ्न पाउनेगरी सम्बन्धन दिइएको छ । यसमा नियमानुसार क्याम्पसले छात्रवृत्तिको व्यवस्था गर्नु पर्छ । 

ताप्लेजुङको निर्वाचन क्षेत्र २ को यो पहिलो स्नातक तहको पढाइ हुने क्याम्पस बनेको छ । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully