पाँचथर — पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ सुलुङ्खी जङ्गलमा भेटिएको शव जिल्लाको कुम्मायक गाउँपालिका-१ यासोकका ३५ वर्षीय किरण त्रिखत्रीको रहेको खुलेको छ ।
उनको शव बुधबार साँझ यासोक-उत्तरे सडकखण्डदेखि ४० मिटर तल भिरदेखि लडेको अवस्थामा भेटिएको थियो ।
स्थानीयले शव फेला परेको जानकारी गराएलगत्तै खटेका प्रहरीले शव पहिचानका लागि खबर गरेसँगै पुगेका उनका काका केदार त्रिखत्रीले सनाखत गरेसँग उक्त शव किरणको रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक रुपेश तामाङले जानकारी दिए । तामाङका अनुसार शव पोस्टमार्टमपछि बिहीबार आफन्तलाई बुझाइएको छ ।
