मिक्लाजुङ र फाल्गुनन्दमा भेटिए बेवारिसे दुई शव 

असार २५, २०८२

लक्ष्मी गौतम

Two bodies were found abandoned in Miklajung and Falgunanda

पाँचथर — पाँचथरको मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकामा पहिचान नखुलेका बेवारिसे दुई शव फेला परेका छन् ।

मिक्लाजुङ-५ कुरुम्बास्थित लप्सिबोटे खर्क जंगलमा सडेगलेको अवस्थामा (महिला जस्तो देखिने) र फाल्गुनन्द गाउँपालिका सुलुंखीमा लडेर मरेको अवस्थामा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुवै शव बिहिबार अपराह्न फेला परेका हुन् । शव पहिचानका साथै आवश्यक प्रक्रिया पूरा गर्न प्रहरी घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully