खोटाङमा चट्याङ लागेर किशोर घाइते

असार २२, २०८२

डम्बरसिं राई

A teenager injured by lightning in Khotang

खोटाङ — चट्याङ लागेर एक किशोर घाइते भएका छन् ।

आइतबार दिउसो चार बजेर ४५ बजेतिर चट्याङ पर्दा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका १६ वर्षीय प्रज्वल राई घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार छिमेकिको खेतमा धान रोप्ने क्रममा घाइते भएका हुन् । उनको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully