आइतबारसम्म नापी कार्यालयको सेवा प्रभावित हुने

असार २०, २०८२

आनन्द गौतम

Service of Napi office will be affected till Sunday

काठमाडौँ — केन्द्रीय सर्भर स्थानान्तरण हुने भएकाले आजदेखि आइतबारसम्म नापी कार्यालयको सेवा प्रभावित हुने भएको छ ।

जिल्ला नापी कार्यालय ताप्लेजुङका अधिकृत रजिता श्रेष्ठका अनुसार शुक्रबार दिउँसो १२ बजेदेखि आइतबार ११ बजेसम्म सेवा प्रभावित हुने भएको हो । 

यसबाट नक्सा प्रिन्ट, कित्ताकाट, लगायतका सेवा प्रभावित हुने श्रेष्ठले बताइन् । नेलिस प्रणालीको केन्द्रीय सर्भर स्थानान्तरण गर्ने नापी कार्यालयले जनाएको छ । शनिबार सार्वजनिक बिदाको दिन भएकाले शुक्रबार र आइतबार बढी प्रभाव पर्ने उनको भनाइ छ । सेवाग्राही बढी मारमा नपरुन् भनेर शनिबार बिदाको दिन समेतलाई पारेर सर्भर स्थानान्तरण गरिएको श्रेष्ठले बताइन् ।

आनन्द गौतम गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully