रकम हिनामिना कसुरमा एक युवा पक्राउ

असार २०, २०८२

कान्तिपुर संवाददाता

A young man was arrested for the crime of embezzlement

उदयपुर — त्रियुगा नगरपालिका–१० बोक्सेका ३५ वर्षीय अङ्कित श्रेष्ठलाई प्रहरीले कीर्ते गरेर रकम हिनामिना गरेको कसुरमा पक्राउ गरेको छ । 

श्रेष्ठले बोक्सेस्थित महिला तथा जनजागृति सहकारीको युवा स्वरोजगार कोषको रकम ठगी तथा किर्ते गरेर हिनामिना गरेको प्रहरीले जनाएको छ ।

युवा स्वरोजगार कोषका सदस्यसमेत रहेका श्रेष्ठले अन्य पदाधिकारीका नाममा कीर्ते माइन्युट खडा गरेर हिनामिना गरेको प्रहरी कार्यालयका सूचना अधिकारी केदामान दोङले जानकारी दिए। 

श्रेष्ठविरुद्ध कीर्ते तथा ठगीको निवेदन परेपछि बिहीबार श्रेष्ठलाई पक्राउ गरिएको र आज म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully