धनकुटामा एक युवकको शव फेला

असार १८, २०८२

रमेशचन्द्र अधिकारी

A dead body of a young man was found in Dhankuta

धनकुटा — धनकुटाको पाख्रिबास नगरपालिका-५ रुपाटारमा एक युवकको बेवारिसे अवस्थामा शव फेला परेको छ ।

उक्त शव भोजपुर, अरुण गाउँपालिका ७ बस्ने वर्ष २७ को  सागर थापाको रहेको पुष्टि भएको छ ।

झापास्थित मावली घरबाट गत सोमबार फर्केकोमा घर नपुगेपछि खोजी गर्दा मंगलबार साँझ उनलाई मृत पारिएको प्रहरीले जनाएको छ ।

खोजतलास गर्ने क्रममा निजका बुवाले  जिल्ला धनकुटा, पाख्रीबास नगरपालिका,५ रुपटारस्थित खेतबारीमा घोप्टो परी मृत अवस्थामा फेला परेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको छ ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully