संखुवा खोलामा बेलिब्रिज सञ्चालन

असार १५, २०८२

दीपेन्द्र शाक्य

Belybridge operation on the Sankhuwa river

संखुवासभा — संखुवासभाको सिलिचोङ गाउँपालिका-४ मान्तेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका-२ बुम्लिङटार जोड्ने संखुवा खोलामाथिको बेलिब्रिज आइतबार उद्घाटन गरिएकाे छ ।

सिलिचोङले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर आफ्नै बजेटमा बेलिब्रिज निर्माण पूरा गरेको हो । अध्यक्ष भूपालराज मेवाहाङले बेलिब्रिजको उद्घाटन गरे ।

उनका अनुसार गाउँपालिकाको ४ करोड ३९ लाखमा ३९ मिटर लामो पुल निर्माण गरिएको हो । यसअघि काठ र बाँसबाट बनेको फड्केबाट स्थानीय संखुवाखोला जोखिम मोलेर वारपार गर्थे ।  

Belybridge operation on the Sankhuwa river

बेलिब्रिज हालेपछि सिलिचोङको मान्तेवा, याफू र ताम्कु गाउँ आउनजान सजिलो भएको छ । यी ३ गाउँमा ३ हजारभन्दा बढी मानिस बसोबास गर्छन् । छिमेकी बुम्लिङटारका स्थानीयलाई पनि खाँदबारीसम्म आउन धेरै सजिलो भएको छ ।

Belybridge operation on the Sankhuwa river

दीपेन्द्र शाक्य

Link copied successfully