मिक्वाखोला-४ का वडाध्यक्ष साँबाको निधन 

असार १४, २०८२

आनन्द गौतम

Samba, Ward President of Mikwakhola-4 passed away

ताप्लेजुङ — मिक्वाखोला गाउँपालिका-४ साँवाका वडाध्यक्ष सदनकुमार साँबाको निधन भएको छ । शनिबार आफ्नै निवासमा निधन भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले जानकारी दिए । 

शिक्षक पेसामा संलग्न साँबा त्यसबाट अवकाश भएपछि २०७९ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए । दुवै मिर्गौलामा समस्या भएका उनलाई केही समयअघि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले घरमै आराम गर्नेगरी पठाएको कार्कीले बताए । 

साँबा असार ११ गतेसम्म सार्वजनिक कार्यक्रममा सहभागी थिए । साँबा माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा उनले विद्यार्थीहरुसँग अन्तरक्रिया गरेको गाउँपालिका उपाध्यक्ष डण्डु शेर्पाले बताए । उनका अनुसार शुक्रबारदेखि भने औपचारिक कार्यक्रममा सहभागी हुन सकेका थिएनन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully