असारमसान्तसम्म बेरूजु फर्स्योट गर्न कार्यकर्ता र जनप्रतिनिधिलाई एमालेको निर्देशन

असार १३, २०८२

दीपेन्द्र शाक्य

UML instructions to workers and public representatives to carry out Beruzu by the end of June

संखुवासभा — एमाले खाँदबारी नगर कमिटीले खाँदबारी नगरपालिकामा देखिएको बेरूजु असार मसान्तसम्ममा फर्स्योट गरिसक्न कार्यकर्तालाई निर्देशन दिएको छ । खाँदबारी नगरको हालसम्म ४१ करोड ३९ लाख बेरूजु रहेको महालेखाले जनाएको छ ।

खाँदबारी नगर कमिटीका अध्यक्ष देवेन्द्र घिमिरेले शुक्रबार विज्ञप्ति जारी गरेर बेरुजु तथा अनियमितता तत्काल राज्यलाई फिर्ता गर्ने सम्बन्धमा 'म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ' एमाले अध्यक्ष केपी शर्मा ओलीको घोषणा र शून्य सहनशीलतासहित भ्रष्टाचारमुक्त सुशासन र पारदर्शितामा आधारित नीतिअनुरूप बेरूजु रकम फिर्ता गर्न आग्रह गरेका छन् । 

महालेखाले निकालेको खाँदबारी नगरपालिकाको बेरूजुमा एमाले कार्यकर्ता र जनप्रतिनिधि पनि मुछिएको सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेको छ । यो विषयलाई एमाले खाँदबारी नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमालेबाट प्रतिनिधित्व गरी खाँदबारी नगरपालिकामा निर्वाचित हुने केही जनप्रतिनिधिहरुको नाममा बेरुजु तथा दायित्व देखिन आएको हुँदा असार ३० गते भित्रमा फर्छ्योट गरी पार्टी कार्यालयमा जानकारी गराउन एमालेले आग्रह गरेको छ ।

दीपेन्द्र

Link copied successfully