काठमाडौँ — सुनसरीको धरान उपमहानगरपालिकामा केटीको विषयमा विवाद हुँदा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।
धरान–१० स्थित राँगा चोकमा बुधबार साँझ साढे ६ बजेतिर केटीको विषयमा विवाद हुँदा खुकुरी प्रहारबाट धरान–२० निवासी २८ वर्षीय समिर राई घाइते भएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले जननकारी दिए । उनका अनुसार विवाद चर्किएपछि मोरङका अविनाश राईले समिरलाई पछाडिबाट खुकुरी प्रहार गरेका थिए ।
घाइते राईलाई उपचारका लागि तत्काल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको उनले बताए । उनले भने, 'अभियुक्त अविनाश राई फरार छन्, उनको खोजी कार्य तीव्र पारिएको र घटनाको अनुसन्धान भइरहेको छ ।'
