झापामा घरबाट हराएका बालकको दुई दिनपछि शव भेटियो

असार १०, २०८२

रासस

The body of the missing child was found two days later in Jhapa

झापा — झापाको कमल गाउँपालिका–१ स्थित कृष्णखोलाको किनारमा मंगलबार बिहान एक बालकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार मंगलबार बिहान इलाका प्रहरी कार्यालय तोपगाछीलाई शरीरमा कपडा नभएको अन्दाजी १२ वर्ष उमेरको बालकको शव बगाएर ल्याएको भन्ने सूचना प्राप्त भएको थियो ।

लगत्तै प्रहरी टोली घटनास्थलमा खटिएर शवको पहिचान गर्ने क्रममा मृतक सोही ठाउँका मिङमारेन्जे शेर्पाका १२ वर्षीय छोरा सुुसान भएको खुलेको उनले जानकारी दिए । 

प्रहरीका अनुसार सुसान मिति २०८२ असार ८ गते अपराह्न ३ बजेदेखि घरबाट कसैलाई जानकारी नदिई निस्केका थिए । आफन्त तथा छिमेकीले खोजी गर्दा फेला नपरेपछि बालकका पिताले असार ९ गते इलाका प्रहरी तोपगाछीमा हुलिया विवरणसहित निवेदन दिएका थिए । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । 

रासस

Link copied successfully