संखुवासभा — भोजपुर जरायोटार-४ बस्ने ३६ वर्षीय परशुराम बिकको हत्या गरेर भागेका ६२ वर्षीया दुर्गाबहादुर तामाङलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ । उनले २०६२ चैत २२ गते विकको हत्या गरेका थिए ।
हत्याको घटनापछि तामाङ विभिन्न स्थानमा लुकिछिपी बसेका थिए । केही दिनदेखि गाँउघरमै आई लुकिछिपी बसिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चैनपुर संखुवासभाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको डीएसपी दक्षकुमार बस्नेतले बताए ।
२०६९ असार १७ मा पुनरावेदन अदालत धनकुटाको फैसलाबमोजिम २ वर्ष कैद सजाय ठहर भएको थियो । उनलाई पक्राउ गरी संखुवासभा जिल्ला अदालत चैनपुरमा पेस गरिएपछि अदालतबाट कैद भुक्तानको लागि आइतबार कारागार कार्यालय खाँदबारी संखुवासभा पठाइएको छ ।
