वरुणबाट बिजुली निकाल्न दिन्नौं : नागरिक समिति

असार ७, २०८२

दीपेन्द्र शाक्य

Let's not allow electricity to be extracted from Varun: Citizens' Committee

संखुवासभा — भाेटखाेला गाउँपालिका-४ मा रहेको धार्मिक स्थल वरुण नदीमा बिजुली उत्पादन गर्ने अनुमति सरकारले दिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । 

वरुण धाम संरक्षण नागरिक समितिका संयोजक उत्तरकुमार राईले शिवधाराबाट बगेको वरुण नदीमा कुनै हालतमा बिजुली उत्पादन गर्न नदिने बताए ।

'वरुणमा वार्षिक करिब ३० हजार धार्मिक पर्यटक नुहाउन र पूजा गर्न पुग्छन् । सांस्कृतिक धरोहरमा आँच आउने र संरक्षित क्षेत्र विनाश हुने भएकाले यहाँबाट बिजुली उत्पादन सम्भव छैन,' शुक्रबार खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ।

यो स्थान मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ । वरुणमा एम्पिक इनर्जी प्रालिले विद्युत उत्पादन गर्ने अनुमति लिएको छ । यहाँबाट १ सय ३२ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

यहाँबाट विद्युत् निकाल्न नदिन गाउँपालिकाले समेत २०८० जेठ ३१ मा विद्युत् प्राधिकरण र संखुवासभाका सांसदहरुलाई पत्राचार गरेर जानकारी गराइसकेको छ ।

दीपेन्द्र

Link copied successfully