आफ्नै घरको दोस्रो तलबाट लडेर महिलाको मृत्यु

असार ६, २०८२

रमेशचन्द्र अधिकारी

A woman died after falling from the second floor of her house

धनकुटा — धनकुटा नगरपालिका १० उत्तरपानीमा शुक्रबार बिहान आफ्नै घरको बरण्डाबाट लडेर महिलाको मृत्यु भएको छ ।

स्थानीय ईश्वर घिसिङकी ५० वर्षीया श्रीमती प्रमिला राई घिसिङ आफ्नै घरको दोस्रो तल्लाको बरण्डाबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए । घटनास्थलमा प्रहरी टोली खटिएर कानुनी प्रक्रिया तथा अनुसन्धान भइरहेको उनले बताए ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully