उदयपुरमा उभौली समापन

जेष्ठ ३१, २०८२

राकेश नेपाली

Ubhauli ends in Udaipur

उदयपुर — उदयपुरको गाईघाटमा किराती समुदायको महान् पर्व उभौली साकेला सिली समापन भएको छ । यो पर्व वैशाखे पूर्णिमादेखि एक महिना मनाइन्छ । 

गाईघाटस्थित साकेलाटोलमा शनिबार किरात राई यायोक्खा त्रियुगा नगर कमिटी गाईघाट उदयपुरले साकेला सिली प्रतियोगिता आयोजना गर्दै उभौली समापन गरिएको हो । आदिवासी जनजाति किराती पहिचानसँग जोडिएका कला, संस्कृति, जीवन शैलीको प्रदर्शनी गर्दै ‘किरात राई साकेला उभौली स्वर्गीय गीता राई स्मृति रनिङ शिल्ड साकेला सिली प्रदर्शनी’ गरेर उभौली समापन भएको हो ।

उभौली पर्व वसन्त ऋतुमा बालीनाली राम्रो होस्, सबैमा शान्ति सुख रहोस्, दैवी प्रकोप वा विपत्तिहरुको सामना गर्न नपरोस् भनेर प्रकृतिको पूजा गर्दै मनाउने बताइन्छ । प्रत्येक वैशाख पूर्णिमादेखि एक महिनासम्म मनाइन्छ । यसपटक गाईघाटमा किराती पहिचानसँग जोडिएका कला, संस्कृति, जीवनशैलीको प्रदर्शनी गरिएको थियो ।

Ubhauli ends in Udaipur

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully