मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

जेष्ठ ३१, २०८२

राकेश नेपाली

One person died in a motorcycle accident

उदयपुर — मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको बेलका नगरपालिका–९ रामपुरमा प्रदेश नं. १–०५–००१ प १९१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ ।

शनिबार बिहान बुद्धचोकबाट रामपुर जाँदै गरेका बेलका नगरपालिका–६ बुद्धचोकका ४५ वर्षीय नवीन राईको ज्यान गएको हो । सडक छेउमा राईको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । राईको शव पोस्टमार्टमका लागी बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले बताए । 

राकेश राकेश कान्तिपुरका उदयपुर संवाददाता हुन् । उनी समसामयिक बिषयमा समाचार लेख्छन् ।

Link copied successfully