खाना खानेक्रममा हड्डी अड्किएर वृद्धको मृत्यु

जेष्ठ ३१, २०८२

रमेशचन्द्र अधिकारी

An old man died after a bone got stuck while eating

धनकुटा — मासु खाने क्रममा घाँटीमा हड्डी अड्किँदा धनकुटाको महालक्ष्मी नगरपालिका-९, मूर्तिढुङ्गाका एक वृद्धको मृत्यु भएको छ।

७८ वर्षीय प्रेम बहादुर लिम्बूको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ। शुक्रबार राति खानासँग सुँगुरको मासु खाने क्रममा घाँटीमा अड्किएर गम्भीर बिरामी भएका लिम्बुको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारको क्रममा राति साढे १० बजे अस्पतालमा मृत्यु भएको बताइएको छ ।

पोस्टमार्टम लगायत अन्य कानुनी प्रक्रिया तथा अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully