संखुवासभा — विद्युतीय अपराध (साइबर क्राइम) को आरोपमा संखुवासभा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भोजपुर षडानन्द नगरपालिका-१ का सुजन भुजेल र विपल राईलाई प्रहरीले शुक्रबार खाँदबारी-१ बाट पक्राउ गरेको डीएसपी दक्षकुमार बस्नेतले बताए । उनीहरुले संखुवासभाकी एक युवतीलाई अश्लील भिडियो बनाएर आफन्तलाई पठाएका थिए ।
भिडियो र फोटो सार्वजनिक गरेर डरत्रास देखाएपछि ती युवतीले दिएको उजुरीको आधारमा उनीहरु पक्राउ परेको प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले बताए ।
