खोटाङ — करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । ऐँसेलुखर्क गाउँपालिका–५ महेश्वरीका ५३ वर्षीय रामेश्वर राईको शुक्रबार मृत्यु भएको हो ।
दिउँसो साढे १ बजेतिर आफ्नै घरमा तार निकाल्ने क्रममा करेन्ट लागेर घाइते भएका राईको ऐँसेलुखर्कस्थित प्राथमिक स्वास्थ्यक केन्द्रमा साँझ ७ बजेतिर मृत्यु घोषित भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले बताएका छन् ।
