संखुवासभा — सरकारले सुनचाँदीमा अनावश्यक लगाएको करको विरोधमा संखुवासभा सुनचाँदी व्यवसायी संघले बिहीबार जिल्लाभरका सुँनचाँदी पसल बन्द गरेका छन् ।
नयाँ बजेटमा सरकारले सुनमा २ प्रतिशत विलासिता कर र हिरा पत्थरमा १३ प्रतिशत कर लगाएको र तत्काल खारेजी हुनुपर्ने माग राख्दै यहाँका ३ दर्जन व्यवसायी विरोधमा उत्रिएका हुन् ।
त्यस्तै सुनको भन्सार ६ प्रतिशत कायम हुनुपर्ने र सुनचाँदीको कारोबारको लागि सरकारले प्रष्ट नीति र नियमावलीको निर्माण गर्नुपर्ने माग राख्दै विरोध जनाएको संखुवासभा सुनचाँदी व्यवसायी संघका अध्यक्ष जनक पौडेलीले जानकारी दिए ।
