खोटाङ — खोटाङ–१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडा स्थायी घर भई दिक्तेल बस्दै आएका २३ वर्षीय धनीराम कटवाल बुधबार पक्राउ परेका हुन् ।
बेलुकी ५ बजेतिर कटवालले दिक्तेलको मानवअधिकार चोकस्थित आफ्नै पसलमा बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए । पीडित बालिकाका अनुसार विद्यालयबाट फर्किने क्रममा साथीका लागि बास्केट किन्न पसलमा पसेको बेला कटवालले सीसीक्यामेरा अन्यत्र मोडेर यौन दुर्व्यवहार गरेका हुन् ।
