खोटाङ — दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर–छितापोखरीस्थित पञ्चमीका २३ वर्षीय खड्कबहादुर श्रेष्ठ मृत फेला परेका छन् । गाईवस्तु चराउन भनि आइतबार घरबाट गएका श्रेष्ठ घरदेखि अन्दाजी सय मिटर उत्तरमा रहेको कुलोमा टाउको पानीमा डुबिरहेको अवस्थामा फेला परेका हुन् ।
श्रेष्ठलाई स्थानीयले डुबेको अवस्थामा फेला पारेपछि घर लगेर राखिएको भन्ने खबर आएपछि प्रहरी पुगेर स्वास्थ्यकर्मीलाई बोलाई स्वास्थ्य चेक गर्दा उनको मृत्यु भइसकेको जानकारी आएको प्रहरीले जनाएको छ ।
