भरुवा बन्दुकसहित दुईजना पक्राउ

जेष्ठ २३, २०८२

कान्तिपुर संवाददाता

Two arrested with a loaded gun

विराटनगर — मोरङमा भरुवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् । केराबारी गाउँपालिका–६ तामाङ टोलमा २६ वर्षीय गणेश श्रेष्ठ र ३२ वर्षीय सन्तवीर तामाङलाई भरुवा वन्दुकसहित बिहीबार राति पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले बुधबार राति साढे १० बजे श्रेष्ठको घरमा छापा मार्दा कोठाभित्र लुकाइराखेको एक नाल भरुवा बन्दुक फेला परेको थियो । कोठामा रहेका श्रेष्ठ र तामाङलाई तत्कालै नियन्त्रणमा लिई हिरासतमा राखेर आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully