पहिरो पन्छाएपछि भेडेटार–रवि–राँके सडक सञ्चालनमा 

जेष्ठ २१, २०८२

रमेशचन्द्र अधिकारी

Bhedetar-Ravi-Ranke road is in operation after the landslide has cleared

धनकुटा — अविरल वर्षाका कारण अवरुद्ध भेडेटार–रवि–राँके सडक चौबिस घण्टापछि सञ्चालनमा आएको छ ।

साँगुरीगढी गाउँपालिका–५ को लुम्फाजुङमा झरेको ठूलो पहिरोले भेडेटार–रवि–राँके सडक खण्ड अन्तर्गत भेडेटार-डाँडाबजार सडक दुई दिनदेखि अवरुद्ध भएको थियो । 

सडकमा खसेको पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको इलाका प्रहरी कार्यालयका इन्चार्ज रमेश प्रधानले जानकारी दिए । गत शुक्रबार पनि भारी वर्षाले डाँडाबजार, लुम्फाजुङ, कुहिभीर र ढाडेडाँडामा पहिरो गएको जाँदा अवरुद्ध बनेको थियो । पहिरो पन्छाएर सोमबार अपराह्नदेखि सञ्चालनमा आएको सडक पुनः लुम्फाजुङमा ठूलो पहिरो खसेर अवरुद्ध भएको थियो । 

निर्माणाधीन भेडेटार–डाँडाबजारको दुरी करिब १२ किलोमिटर रहेको छ । सडक फराकिलो गर्न माटो कटिङको काम धमाधम भइरहेकोले वर्षा हुने बित्तिकै पहिरो खस्ने र बाटो अवरुद्ध हुने समस्या रहेको छ ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully