डेढ किलो यार्सागुम्बासहित संखुवासभामा एक पक्राउ

जेष्ठ २०, २०८२

दीपेन्द्र शाक्य

One arrested in Sankhuwasabha with one and a half kilo of Yarsagumba

संखुवासभा — राजस्व छली गरी अवैध रुपमा यार्सागुम्बा ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले मंगलबार एकजनालाई पक्राउ गरेको छ ।

खाँदबारी नगरपालिका-३ बाट जुम्लाको सिन्जा गाँउपालिका-३ का ऐनबहादुर शाहीलाई पक्राउ गरेको प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले बताए ।

मकालु गाउँपालिका-५ नुमबाट खाँदबारीतर्फ आउँदै गरेको को १ ज २६३१ नम्बरको भाडाको बोलेरो गाडीमा राखेर ल्याइएको यार्सागुम्बासहित उनी पक्राउ परेका हुन् । उनका साथबाट झोलाभित्र लुकाइछिपाइ राखेको १ केजी ६७० ग्राम यार्सागुम्बा, २५ हजार ४३० नगद र भारतीय रुपैयाँ ७३० समेत बरामद भएको छ ।

पक्राउ परेका शाहीलाई मंगलबार डिभिजन वन कार्यालय संखुवासभामा बुझाइएको डिएसपी दक्षकुमार बस्नेतले बताए ।

दीपेन्द्र

Link copied successfully