न्याय सम्पादन प्रक्रियामा सुधार गर्ने संखुवासभाका उपप्रमुखको प्रतिबद्धता

जेष्ठ १९, २०८२

दीपेन्द्र शाक्य

The commitment of the deputy head of Sankhuwasabha to improve the justice delivery process

संखुवासभा — संखुवासभाका स्थानीय तहका न्यायिक समितिहरू एकीकृत भएर नयाँ अभ्यास थालेका छन् । स्थानीय तहहरूले न्यायिक समितिबाट हुने न्याय सम्पादन प्रक्रियामा सुधारको गर्ने प्रतिबद्धता जनाएका हुन् ।

सभापोखरी गाउँपालिका न्यायिक समितिको आयोजनामा बाह्रबिसे बजारमा आइतबार सम्पन्न कानुनी सचेतना तथा न्यायिक समितिको सिकाइ आदानप्रदान कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहमा भएका असल अभ्यासको आदानप्रदान गर्दै साझा प्रतिबद्धता पत्र जारी गरेको सभापोखरी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चापागाईंले बताइन् ।

जिल्लाका १० स्थानीय तहका उपप्रमुखहरूको नेतृत्वमा रहेको न्यायिक समितिहरूको थप प्रभावकारिताका लागि विभिन्न १८ बुँदे प्रतिबद्धता जारी पनि गरिएको छ। विवादहरू मेलमिलापको माध्यमबाट समाधान गर्न अधिकतम पर्यत्न गर्न गाउँपालिका वा नगरपालिका तथा सबै वडा कार्यालयमा स्रोत सम्पन्न मेलमिलाप केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ।

त्यस्तै न्याय सम्पादनका क्रममा पहिचान भएका हिंसामा परेका महिला, बालबालिका जेष्ठ नागरिक, विपन्न वर्ग तथा अन्य व्यक्तिलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरी सुरक्षित आवास गृहमा सुरक्षित रुपमा राख्ने तथा पुन:स्थापना गर्ने व्यवस्था गर्ने र ६/६ महिनामा समीक्षा गर्ने प्रतिबद्धता गरिएको छ। न्यायिक समितिले जनताको उजुरीको न्यायसँगै सामाजिक न्यायको पक्षमा योगदान गर्नुपर्ने जिल्ला समन्वय समितिको प्रमुख सुमन शाक्ले बताए। 

दीपेन्द्र

Link copied successfully