रैथाने खाना महोत्सवमा २० लाखको कारोबार

जेष्ठ १६, २०८२

दीपेन्द्र शाक्य

2 million turnover at Raithane Food Festival

संखुवासभा — कोशी पर्यटन वर्ष २०८२ को अवसरमा संखुवासभाको खाँदबारीमा आयोजित दुईदिने रैथाने खाना परिकार महोत्सवमा बीस लाखको कारोबार भएको छ।

बुधबारदेखि शुरुभएको फुड फेस्टिभल नेवार, राई, कुलुङ, मगर, भोटे, शेर्पा लगातका जातजातिले बिक्रीका लागि राखेको रैथाने खानाको परिकार २०  लाख बढीको बिक्री भएको आयोजक संखुवासभा होटल व्यवसायी संघका अध्यक्ष डाक्टरप्रसाद पराजुलीले बताए।

काेशीकाे गाैरव, हिमालकाे शान, पर्यटन वर्षमा सबैलाई सम्मान मूल नाराका साथ आयाेजना गरिएकाे फुड फेस्टिभलमा विभिन्न जातजातिका मौलिक परिकार चाख्न दुई दिनमा एक हजारबढी आन्तरिक पर्यटक आएको उनले बताए।

संखुवासभाको सांस्कृतिक विविधता र स्थानीय खानाको समृद्ध परम्परालाई उजागर गर्न उद्देश्यले आयोजना गरिएको होटल व्यवसायी संघका केन्द्रिय सदस्य राजीव श्रेष्ठले बताए । पर्यटन कार्यालय धरानको सहकार्यमा होटल व्यवसायी संघ संखुवासभाले फुटफेस्टिभल आयोजना गरिएको हो।

दीपेन्द्र शाक्य

Link copied successfully