पाँचथर — मिक्लाजुङ गाउँपालिका-२ मा जडान गरिएको सौर्य वायु ऊर्जामा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ।
ज्यान गुमाउनेमा मिक्लाजुङ-२ सप्तमी बजारका ४० वर्षीय चन्द्र रैकामगर (झलेन्द्री रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनलाई के कसरी करेन्ट लाग्यो भन्ने विषय खुलेको छैन । सो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव घटनास्थलको प्रकृति मुचुल्का गरी पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र रवि लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) कौशल बुढाथोकीले बताए ।
