सुनसरी — सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत इटहरी–१२ मा रहेको तिरुपति प्लाइउड उद्योगमा आगलागी भएको छ । राति साढे २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
आगो नियन्त्रणका लागि सुनसरी र मोरङका विभिन्न स्थानीय तहका एक दर्जन दमकल परिचालन गरिएको छ । दमकल टोली र सुरक्षा निकायको टोली आगो नियन्त्रणको प्रयासमा खटिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उद्योगभित्र प्लाइउड उत्पादनमा प्रयोग हुने काठ, केमिकल लगायतका सामग्री भएकाले आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण अहिलेसम्म स्पष्ट हुन नसकेको भण्डारीले जानकारी दिए ।
