ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु 

जेष्ठ १२, २०८२

अर्जुन सुवेदी

2 people died when a tractor hit a motorcycle

सुनसरी — पूर्व-पश्चिम राजमार्गस्थित सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका-३ फूलचोकमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

प्रदेश १–०२–००३ त ९०२ नम्बरको ट्रयाक्टरले तीनजना सवार प्रदेश १–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो भएको दुर्घटनामा इनरूवा नगरपालिका-१० जाल्पापुरका २० वर्षीय सर्फराज अन्सारी र हरिनगर गाउँपालिका-१ का महजित अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

उनीहरू दुवैको सप्तकोशी न्युरो अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा इनरुवा-१० जाल्पापुरका साहेब अन्सारी घाइते भएका छन् । घाइते २१ वर्षीय अन्सारीको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । ट्र्याक्टर चालक भोक्राहा नरसिंह गाउँपालिका–३ बस्ने ४६ वर्षको सुब्दीराम चमारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको खतिवडाले जानकारी दिए ।

अर्जुन

Link copied successfully